कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

खेलपेपर, काठमाडौं।
१९ फागुन २०७५

क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् ।

पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । यस अवार्डको विजेता खेलाडीले अवार्डसँगै रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् ।

क्रिकेटकै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, सरिता मगर, इन्दु बर्मा, करुणा भण्डारी र सिता राना मगर मनोनयनमा परेकी छिन् । त्यसैगरी उदयमान क्रिकेट खेलाडीमा कविता कुँवर, अविनाश बोहरा, ललित नारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा परेका छन् ।

सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवाडर्, वर्ष महिला खेलाडी, वर्षको १० उत्कृष्ट क्षण र उदयमान खेलाडीको विजेता खेलाडीले रु ६६ हजार प्राप्त गर्नेछ । सिप्यानले पाँच विधाको अवार्ड यही फागुन २१ गते प्रदान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *