कप्तान भरतको गोलले आर्मी बिजयी

खेलपेपर, काठमाडौं ।

कप्तान भरत खवासले दुई गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार  त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ  । यस जितसँगै अार्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सातौं मिनेटमा टंक बस्नेतले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक किशोर गिरीले विफल तुल्याएका थिए ।

दोस्रो हाफको सुरुवातमै शेर्पाले खेलमा फर्कने सुन्दर अवसर पायो । फ्रिकिकबाट अाएको बल रिबाउन्ड हुँदै ६ यार्ड बक्स नजिकबाट कर्ण लिम्बुले गरेको प्रहारलाई अार्मीका गो रकम विकेश कुथुले सुन्दर बचाउ गरे । ५८ अौं मिनेटमा कर्णको प्रहारमा फेरिपनि विकेश नै बाधक बने । त्यसै बचाउपछी अाएको रिबाउन्डमा रवी थापामगरले लामो दुरीबाट गरेको प्रहारलाई विकेशले उत्कृष्ट बचाउ गरे ।
शेर्पाका लागि ८३ अौं मिनेटमा अलरिच सिवेले गरेको प्रहार क्रसबारबाट माथि गयो । ८६ अौं मिनेटमा भरतले नै अार्मीको अग्रता दोब्बर पारे । दिनेश हेन्जनको प्रहारलाई गोलरक्षक किशोर गिरीले बताएपनि रिबाउन्डमा भरतले सहजै गोल गरे ।

लगत्तै शेर्पाले अलरिच सिवेको गोलमा अग्रता घटायो । सिवेले २५ यार्डमा टाढाबाट गरेको प्रहार डिफ्लेक्ट हुँदा विकेश झुक्किएपछि फितलो प्रहार गोल भएको थियो ।

यस जितसँगै दोस्रो स्थानमा पुगेको अार्मीले अपराजित यात्रा कायमै राखेको छ । अार्मीको ५ खेलमा ४ जित र १ बराबरीसँगै १३ अंक भएको छ । शेर्पा भने लिगमा पहिलो हार बेहोरेपछि ५ खेलमा १० अंकमा अडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *