करातेमा नेपाललाई सफलता

खेलपेपर, काठमाडौं ।

ईन्डोनेशियामा संचालन १५ औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपाल २ स्वर्ण र २ कांस्य पदक जित्दै समुह चौथो बन्न सफल भएको छ । नोभेम्बर २१ देखि २४ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तर्फ को सिनियर (५५ किलो तौल समुहमा बिजय श्रेष्ठले स्वर्ण र भेट्रानको ४०(५० बर्षको समुह अन्तर्गत को प्रतिस्पर्धामा एकल काता तर्फ गणेश थिंग ले स्वर्ण पदक जित्न सफल भएको थियो । बिजयले पहिलो बाउट बाई पाएर क्वार्टर फाईनलमा ईण्डोनेशियालाई १०(२ ले,सेमिफ़ाइनलमा फिलिपिन्सलाई ९(१ ले,र फाईनलमा श्रीलंकालाई ९(१ ले हराउदै स्वर्ण पदक पक्का गरेका थिए भने,गणेश थिंगले पहिलो बाउट ईन्डियालाई ५(०, क्वार्टरफाईनलमा पुन ईन्डियालाई ६(२ ले सेमिफ़ाइनलमा श्रीलंकालाई ३(२ ले र फाईनलमा ज्यलन प्यलन लाई ५(० ले पराजित गर्दै स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भएका थिए । त्यसैगरी सिनियर पुरुष तर्फ एकल कातामा सेमिफ़ाइनलमा जापान सँग पराजित हुदै पर्शुराम बास्तोलाले कांस्य पदक हात पारे , यस अघि उनले ज्यलन प्यलन ,कचष्बिलपब र चाईनिज ताईपेईलाई पराजित गर्दै सेमिफ़ाइनल प्रवेश गरेका थिए भने पुरुष तर्फको (८४ किलो तौल समुहमा दिगम्बर प्रसाद पन्त ले सेमिफ़ाइनलमा ईण्डोनेशिया सँग ५(१ ले पराजित हुदै कांस्य पदक जित्न सफल भए । यस अघि उनले फिलिपिन्सलाई ५(१ र सिंगापुरलाई ८(० ले पराजित गर्दै सेमिफ़ाइनलमा प्रबेश गरेका थिए ।त्यसैगरी अनिश लामाले (६० किलो तौलमा नेपाललाई कास्य दिलाए । ३० राष्ट्र सहभागी भएको उक्त प्रतियोगितामा ईण्डोनेशियाले १७ स्वर्ण,१२ रजत र १५ कास्य पदक सहित पहिलो स्थान हाशिल गर्न सफल भए भने जापानले १६ स्वर्ण ,३ रजत र २ कांस्य सहित दोस्रो भए भने , ७ स्वर्ण १३ रजत र ११ कांस्य सहित चाईनिज ताईपेई तेस्रो स्थान हाशिल गरे भने, २ स्वर्ण र ३ कांस्य सहित नेपाल समुह चौथो बन्न सफल भएको कुरा ईण्डोनेशियाबाट नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगी ुईश्वरु ले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published.