काइलिएन एम्बाप्पे

१९ बर्षको युवा सवैको मन मतिष्कमा बस्न सफल भयो यो पटक । ती युवा हुन फ्रान्सेली काइलिएन एम्बाप्पे । रसिया विश्व कपमा उत्कृष्ट युवा खेलाडीको पुरस्कार समेत पाउन सफल एम्बाप्पेले फाइनल खेलमा पनि आफनो स्तरीय प्रर्दशन जारी राखे । फ्रान्सले यस अघिको विश्व कप जित्दा एम्बाप्पे भर्खरै जन्मिएका मात्र थिए । उनलाई पहिलो विश्वकपको अनुभव नै थिएन । त्यसैले यो विश्व कप उनका लागी पहिलो नै हो । मोनाकोबाट ब्यवासायिक फुटवल खेल्ने एम्बाप्पेले अहिले नै यती ठुलो सफलता पाउछु होला भन्ने विश्वास गरेका थिएनन् । एम्बाप्पेको स्पीडलाई सवैले प्रसंशा गरेका छन् । जुन उनले फाइनल खेलमा पनि प्रस्तुत गरे । १ सय ७८ मिटर उचाईका एम्बाप्पले फ्रान्सको तर्फबाट २१ वटा खेल खेलिसकेका छन् । जसमा उनले ७ गोल पनि गरिसकेका छन् । आइतवारको फाइनल खेलमा पनि उनले एक गोल गरे । त्यसैले यो साता हामीले एम्बाप्पेलाई हामीले साताको खेलाडीको रुपमा लिएका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *