कार्कीको दौड पूरा

काठमाडौं  : लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिकादेखि जनकपुरस्थित रामजानकी मन्दिरसम्मको दौड पूरा गरेका छन् । करिब २ सय २५ किलोमिटर दूरी कार्कीले ३ दिन लगाएर पूरा गरेका हुन् ।

कार्कीले गोदावरी नगरपालिका वडा नं. १, गोदामचौर, कार्कीटारमा आफैले निर्माण गरेको हनुमानको मन्दिरदेखि दौड सुरु गरेका थिए । कार्की कार्कीटार निवासी हुन् ।दौडलाई नविल बैंक, रुसलान एफएम, गोदावरी नगरपालिकालगायतले प्रायोजन गरेको कार्कीले जानकारी गराए । दौडबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *