काष्ठमण्डप कप बिहीबारदेखि

काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।प्रतियोगितामा १२ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।

आयोजकले ३ टिम उतार्ने भएको छ भने नामीले २ टिम सहभागी गराउदै छ । अन्यसहभागीहरुमा चेल्सी, ग्लोबल, मल्पी, ओरियन्ट, रुपिज, बूढानीलकण्ठ र रातो बंगला रहेका छन् ।गत संस्करणमा मल्पी विजेता तथा काष्ठमण्डप उपविजेता बनेका थिए । दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै कोर्टमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *