केन्याली धावकले बनाए म्याराथनमा नया रेकर्ड

बर्लिन, एजेन्सी । केन्याली धावक इलुइड किप्छोगेले म्याराथनमा नया विश्व रेकर्ड कायम गरेका छन् । बर्लिनमा भएको म्याराथनमा किप्छोगेले २ घण्टा १ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै नया रेकर्ड बनाएका हुन् । सन् २०१४ मा उनका समकक्षी डेनिस किमेटोले बनाएको २ घण्टा २ मिनेट ५७ सेकेण्डको रेकर्ड तोड्दै नया रेकर्ड कायम गरेका हुन् । ३३ बर्षिय किप्छोगेले यो जीतलाई आफुले शब्दमा बयान गर्न नसक्ने तर्क गरे । किप्छोगेलाई यो सदीकै महान् धावकका रुपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *