कौस्तुभलाई उपाधि

कौस्तुभ एकेडेमीले प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।काठमाडौं महानगर प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कौस्तुभले सेचेनलाई १६–१ को विशाल गोलअन्तरले पराजित ग¥यो । कौस्तुभको शानदार जितमा लक्ष्मण गुरुङले ७, विवस मगर र जोसेफ गोलले समान ४–४ तथा रविन बमले १ गोल योगदान गरे । सेचेनका ग्याल्चेन लोले सान्त्वना गोल गरे । विवस फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

समता शिक्षा निकेतनले नेपाल तारालाई सडन डेथ (९–८) मा हराउदै तेश्रो भयो । निर्धारित समयको खेल ४–४ को बराबरीमा सकिएको थियो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे । नगद पुरस्कार आईसीएफसी फाइनान्स लिमिटेड र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गरेको हो ।बौद्धस्थित एरिना फुटसलमा भएको प्रतियोगितामा समताका दीपेन्द्र तामाङ उत्कृष्ट खेलाडी, कौस्तुभका अमरबहादुर नेवार उत्कृष्ट गोलरक्षक तथा कौस्तुभकै लक्ष्मण गुरुङ सर्वाधिक गोलकर्ता बने ।

उत्कृष्टत्रयले समान २–२ हजार नगद पुरस्कार पाए ।विजेतालाई संघीय सांसद् कृष्णबहादुर राई, काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, आयोजक काठमाडौं महानगर प्याब्सन कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेल, वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *