क्रिकेटर धोनी विरुद्ध वारेन्ट जारी

नया दिल्ली, एजेन्सी । भारतको आन्ध्र प्रदेश राज्यको एक अदालतले भारतिय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीलाई अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको छ । भारतीय संचार माध्यम पिटि आई का अनुसार हिन्दुको धार्मिक भावनामा चोट पुगेको आरोपमा दायर गरिएको रीटको विषयमा सुनुवाई गर्दै अदालतले त्यस्तो आदेश दिएको हो । अनंतपुर जिल्लाको एक न्यायलमा गोपाल राय र श्याम नाम गरेका दुई ब्यक्तिले धोनी विरुद्ध रिट दायर गरेका थिए । सोही विषयमा नयायाधिले धोनीलाई जमानती वारेन्ट जारी गरेका हुन् । रिट दायर गर्ने दुवै ब्यक्ति हिन्दु दक्षिणपन्थी संगठन सग सम्बन्धित भएको बताइएको छ । एक ब्यापारिक पत्रिकाको कभर पेजमा छापिएको धोनीको तस्विरलाई लिएर उनीहरले रिट दायर गरेका थिए । जसमा धोनी एक हिन्दु देवताको अवतारका रुपमा छापिएका थिए र उनका दर्जनौ हात मध्ये एउटामा जुत्ता समेत लिएको तस्विर सो पत्रिकामा छापिएको थियो । रिट दायर गर्ने ब्यक्तिहरुले सो तस्विरले हिन्दुको धार्मिक भावनमा चोट पुगेको दावी गरेका छन् । अदालतले धोनीको अलावा से ब्यापारिक पत्रिकाको  प्रतिनिधिलाई  पनि अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *