क्रिश्चियानो रोनाल्डो

मस्को, एजेन्सी
विश्व कप फुटवलमा यो पटक पनि पोर्चुगलका स्टार फुटवलर क्रिस्चियानो रोनाल्डो नै सर्वाधिक चर्चाको खेलाडी बन्ने संभावना देखिएको छ । पहिलो खेलमा नै ह्याट्रिक गरेर रोनाल्डोले आफुलाई अब्बल दर्जाको खेलाडीको रुपमा स्थापित गरेका छन् । खेल शूरु भएको चौथो मिनेटमा नै पेनाल्टी मार्फत पहिलो गोल गरेका रोनाल्डोले ४४ औं मिनेटमा दोस्रो र ८८ औं मिनेटमा तेश्रो गोल गरेका थिए । स्पेन विरुद्धको खेल पोर्चुगलका लागी सहज थिएन तर रोनाल्डोको उपस्थितिले स्पेनलाई खेल जित्न होइन खेलमा बरावरी गर्नु नै चुनौतीपुर्ण बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *