क्रोएशियाको उत्कृष्ट प्रर्दशन

रियो, ५ असार
पहिलो खेलमा ब्राजिल विरुद्ध तीन एक गोल अन्तरले पराजित भएको क्रोएशियाले बुधवार राती भएको खेलमा क्यामरुन माथी चार शुन्य गोल अन्तरको जीत दर्ता गरायो । यो जीत पछि अघिल्लो चरणमा प्रवेश गर्ने क्रोएशियाको संभावना पनि उत्तिकै बलियो देखिएको छ ।
क्यामरुनको भने यात्रा समाप्त भएको छ । क्रोएशियाका लागी खेलको ११ औं मिनेटमा इभिका ओलिकले पहिलो गोल गरेका थिए । दोस्रो गोल खेलको ४८ औं मिनेटमा इभान पेरिसिकले गरेका थिए । दोस्रो हाफमा मारियो मान्डजुकिकले थप दुई गोल गरेपछि क्यामरुन विरुद्ध क्रोएशियाले सानदार जीत दर्ता गराउन सफल भयो । मान्डजुकिकले ६१ र ७३ औं मिनेटमा गोल गरेका थिए । मान्डजुकिक सन् २०१२ र सन् २०१३ का क्रोएशियाका प्लेयर अफ दि इयर पनि हुन् । अलेक्स सोङ रातो कार्ड पाएर बाहिरिएपछि क्यामरुन दश जनामा सीमित भएको थियो । यो जीत पछि क्रोएशियाको अघिल्लो चरण प्रवेशको संभावना जीवितै छ । अव मेक्सिको विरुद्ध हुने खेलले क्रोएशियाको भविष्य निर्धारण गर्नेछ । मेक्सिकोले क्यामरुनलाई हराएको थियो भने ब्राजिल विरुद्ध बरावरी गरेको थियो । त्यसैले मेक्सिको र ब्राजिलको समान ४ अंक छ । क्रोएशियाको तीन अंक छ । क्यामरुनले अव बाकी एक खेल ब्राजिल विरुद्ध खेल्न बाकी छ ।

Leave a Reply

Your email address will not be published.