क्रोएशियाको ऐतिहासिक यात्रा

मस्को, एजेन्सी
विश्व कप फुटवल प्रतियोगितामा नया टिमहरुले पनि आफुलाई बलियो भएको प्रमाणित गराउन सफल भएका छन् । जसको पछिल्लो उदाहरण हो क्रोएशिया । विश्व कप फुटवलमा इतिहास कायम गर्दै क्रोएशियाले फाइनलसम्मको यात्रा तय गर्न सफल भयो । विश्व कप फुटवलको उपाधि जितिसकेको इङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएशिया पहिलो पटक विश्व कप फुटवलको फाइनलमा प्रवेश ग¥यो । खेलमा इङल्याण्डले शुरुवाती अग्रता लिएको थियो । खेल शुरु भएको पाँच मिनेटमा नै गोल गर्दै अग्रता लिएको इङल्याण्ड दोस्रो हाफ पछि भने कमजोर सावित भयो । ६८ औं मिनेटमा क्रोएशियाका पेरिसिकले गोल गर्दै खेलमा बरावरी गरे । ९० मिनेटमा बरावरी भएपछि थप गरिएको समयमा क्रोएशियाका मान्जुकिकले गोल गरेपछि इङल्याण्ड स्तब्ध भएको थियो । क्रोएशियाले अहिलेसम्म विश्व कप उपाधि जितेको छैन । अव उपाधिका लागी क्रोएशियाले फ्रान्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *