क्रोएसिया सामु डेनमार्क स्तब्ध

मस्को, एजेन्सी
विश्व कप फुटवल अन्र्तगत आइतवार राती भएको अर्को प्रिक्वाटरफाइनल खेलमा क्रोएसिया विजयी भयो । क्रोएशियाले यो विश्वकपको अर्को बलियो दावेदार डेनमार्कलाई पेनाल्टी सुट आउटमा पराजित ग¥यो । निर्धारित समय र थप गरिएको समयमा पनि दुवै टिमले एक एक गोल मात्रै गरेपछि खेलको निर्णय टाई ब्रेकरमा गर्नु परेको थियो । क्रोएशिया पो विश्व कपको बलियो टिमका रुपमा प्रस्तुत भएको छ । क्रोएशियाले समुह चरणको खेलमा अर्जेन्टिनालाई पनि तीन शुन्य गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *