क्वार्टरफाइनलका खेल शुक्रवारबाट

एजेन्सी, १० असार
युरो कप फुटवलमा क्वार्टरफाइनल समिकरण पुरा भएको छ । गए राती प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल भएसँगै क्वार्टरफाइनलमा स्थान बनाउने आठ टिमको टुङगो लागेको हो । गए राती भएको दोस्रो खेलमा युक्रेनले स्वीडेन माथी २-१ गोल अन्तरको जीत दर्ता गरायो । त्यस अघि भएको पहिलो खेलमा इङल्याण्डले जर्मनी माथी २-० गोल अन्तरको जीत दर्ता गराएको थियो । इङल्याण्डले नक आउट चरणमा जर्मनीलाई ५५ बर्ष पछाडी हराउन सफल भयो । त्यसैले इङल्याण्डका लागी यो जीत ऐतिहासिक जीत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *