खुला धनषुवाणमा ताल र मिनको अग्रता

काठमाडौ, ७ साउन

ताल गर्वुजा र मिन गौचन तेश्रो खुला धनषुवाण प्रतियोगिताको तेश्रो दिन समान ५ अंक सहित सयुक्तरुपमा शिर्ष स्थानमा रहन सफल भएका छन् । ब्यक्तिगत स्पर्धातर्फ म्याग्दी मगरका गर्वुजा र थकाली सेवा समितिका गौचनले बुधवार समान एक–एक अंक जोडेका थिए । थासङ स्पोट्र्स क्लबको आयोजनामा तथा प्रभु मनि ट्रान्फर र प्रभु मनि विकास बैंकको मुख्य प्रायोजनमा संचालित प्रतियोगितामा छन्त्याल समाजका पुर्णकुमार छन्त्याल, थकाली समाजका टेकप्रसाद गौचन र रामप्रसाद गौचन,म्याग्दी मगर समाजका राम पुन र मनाङ मस्याङदीका नर्वु गुरुङले समान २ अंक बनाएका छन् । ब्यक्तिगत स्पर्धा बिहिवार सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *