खेलकुद परिषदको मुख्य द्धार नै बन्द

काठमाण्डौ, खेलपेपर
कलंकी देखी सातदोवाटोसम्मको सडक आकर्षक र हेर्न लायक त छ तर यसले नेपाली खेल क्षेत्रलाई सहयोग गरेन । ललितपुर स्थित सातदोवाटोमा रहेको खेलकुद परिषरको मुख्य द्धार नै नया बनेको सडकका कारण बन्द भएको छ । अहिले सातदोवाटो खेलकुद परिषद भित्र छिर्नका लागी परिषरको छेउमा रहेको पौडी पोखरीको द्धार प्रयोग गर्नु पर्ने बाध्यता छ । राष्ट्रिय खेलकुद परिषदका प्राय धेरै जसो कार्यालय पछिल्लो केही बर्ष देखी सातदोवाटोमा छ । राखेपका कर्मचारीहरु पनि त्यही बस्ने गर्छन् । राखेप सदस्य सचिवको कार्यालय सातदोवाटोमा पनि छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला क्षेत्रमा निर्माणको काम चलिरहेका कारण कार्यालय उता सारिएको थियो । तर काम गर्न सहज होस भन्नका लागी रंगशालाको प्याराफिट मुनी पनि कार्यालय राखिएको छ । कलंकी देखी कोटेश्वर सम्मको सडक निर्माणका लागी काम भएको बर्षौ भयो । त्यसका लागी तयारी भइरहदा पनि नेपाली खेल क्षेत्रले खासै चासो नदिएको माथि राखिएको तस्विरबाट पनि प्रष्ट हुन्छ । तर यो विषयमा राखेपमा सम्पर्क गर्दा कर्मचारीहरुले पत्राचार गरेको तर कार्यान्वयन नभएको दावी गरे । राखेपका कर्मचारीहरुलाई यो विषयमा प्रश्न गर्दा प्राय सवैले मजाकमा उडाए । कतिले यसलाई सामान्य रुपमा पनि लिएको पाइयो । तर यसले नेपाली खेल क्षेत्रका अधिकारीहरुको नियत, काम गराइको शैली र गाम्भिर्यतालाई प्रष्ट झल्काएको छ ।सातदोवाटोको रिङ रोड चिनिया ठेकेदार कंपनीले बनाएको हो । सातदोवाटोमा रहेको खेलकुद परिषर पनि चिन सरकारकै सहयोगमा बनेको हो । यसरी नेपालको सानको रुपमा रहेको खेल कुद क्षेत्रमा प्रवेश गर्ने मुख्य द्धार नै बन्द हुने अवस्था आउनु भनेको नेपाली खेल क्षेत्रको नेतृत्व सम्हाल्नेहरु कस्ता छन् भन्ने पुष्टि हुन्छ । राष्ट्रिय खेलकुद परिषदले यती विषयमा त आफनो ध्यान पु¥याउन सक्दैन भने अरु के गर्ला सहजै अनुमान लगाउन गाह्रो नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *