खेलाडी टोक्ने स्वारेज विरुद्ध फिफा

रियो, १० असार
इटली विरुद्धको महत्वपुर्ण खेलमा युरुग्वेका लुइस स्वारेजको हर्कत पछि विश्व फुटवलको सर्वोच्च संस्था फिफाले छानविन शुरु गरेको छ । मंगलवार राती भएको खेलमा स्वारेजले इटलीका डिफेन्डर जर्जियो चेइलिनीको काधमा टोकेका थिए । सो खेलमा युरुग्वेले इटलीलाई पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान बनाएको थियो । डि गोडिनीको गोलको मदतले युरुग्वेले इटलीलाई एक शुन्य गोल अन्तरले पराजित गरेको थियो ।
सो खेलका दौरान स्वारेजले आवेगमा आएर चेइलिनीलाई टोकेका थिए । सो घटना पछि स्वारेजको विश्व खेल जगतमा निन्दा र भत्र्सना हुन थालेको छ । यसै क्रममा फिफाले पनि सो घटनाको विषयमा छानविन शुरु गरेको जनाएको छ । फिफाले युरुग्वेका अधिकारीहरुलाई प्रमाण पेश गर्न बुधवार राती सम्मको समय दिएको छ । स्वारेजले टोकेको घटना मेक्सिन रेफ्रि मार्को रोडिगेजले नदेखेपछि कुनै कदम चालिएन ।
तर कुनै पनि विवादका विषयमा निर्णय गर्ने अधिकार फिफालाई भएका कारण स्वारजेको विषयमा छानविन शुरु गरिएको बताइएको छ । यस अघि पनि दुई पटक स्वारेज खेलाडीलाई टोकेको विषयमा प्रतिबन्धित भइसकेका छन् । उनले टोकेको दृश्य टेलिभिजनमा समेत कैद भएको छ । यदी उनले गरेको हर्कत प्रमाणित भएमा दुई बर्ष सम्मको प्रतिबन्ध उनले खेप्नुपर्ने हुन सक्छ । प्राप्त जानकारी अनुसार आगामी शनिवार कोलम्विया विरुद्ध हुने दोस्रो चरणको खेल अगाडी नै फिफाले निर्णय गर्न सक्ने बताइएको छ । स्वारेजले इटलीका खेलाडीलाई टोकेको एक मिनेट पछि नै युरुग्वेले गोल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *