खेलाडी राज्यमन्त्री भएकोमा बधाइ

काठमाडौं :बुद्धिचाल खेलका राष्ट्रिय खेलाडी माननीय रामवीर मानन्धर हालै नेपाल सरकारको शहरी विकास राज्यमन्त्री नियुक्त भएकोमा मखन बुद्धिचाल क्लबले बधाइ दिएको छ । सो अवसरमा राज्यमन्त्री मानन्धरले बुद्धिचाल खेलका लागि आफूले सक्दो सहयोग प्रदान गर्ने बताएका थिए ।

राज्यमन्त्री मानन्धरलाई मन्त्रालयको जिम्मेवारी बहन गरेकोमा बधाइ दिँदै बुद्धिचाल खेलका लागि सहयोग गर्न अनुरोध गरेका थिए । बुद्धिचाल खेलको विकासमा सहयोग र साथ रहने आशा गरेका छन् ।निकट भविष्यमै क्लबले गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको लागि प्रस्ताव पेश गरेका थिए ।

प्रतियोगिता आयोजनाका लागि आफू र मन्त्रालयबाट सक्दो सहयोग दिने राज्यमन्त्री मानन्धरले वचन दिएका छन् ।राज्यमन्त्री मानन्धरलाई क्लबका अध्यक्ष एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ, काठमाडौंका पूर्व अध्यक्ष सीताराम अग्रवाल, खेलाडी सुरजप्रसाद श्रेष्ठ, अरुणशंकर वैद्य, राजेन्द्र बज्राचार्य, रामकृष्ण महर्जन, सुरवीर लामा एवं राकेश रौनियारलगायतले बधाइ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *