गणेशमान स्मृति बक्सिङलाई कर्पोरेट हाउसको साथ

खेलपेपर, काठमाडौं।
१३ माघ २०७५
गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितालाई विभिन्न कर्पोरेट हाउसले प्रायोजन गर्ने भएका छन् ।
प्रतियोगिता संयोजक राजीव श्रेष्ठ र प्रायोजक कर्पोरेट हाउसका प्रतिनिधिबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भयो । प्रतियोगिताका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ६ लाख रुपैयाँ बराबरको एक–एक बाइक र स्कुटर प्रदान गर्ने भएको छ । लियोन मोटर्सको मित्सुबिसीले ५ लाख, लबेल्सको रिबोकले नगद र जिन्सी गरी ५ लाख तथा ब्रिज सिमेन्ट र लक्ष्मी बैंकले समान ३–३ लाख उपलब्ध गराउने भएका छन् ।
प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका १० टिमबाट ८० पुरुष र ६० महिला गरी १ सय ४० खेलाडीको सहभागिता रहने छ । सातै प्रदेशको छनोट प्रतिस्पर्धा सकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *