गणेश थापाको अर्को ६ लाख डलरको काण्ड

काठमाडौ, २ असार

अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापाले नेपालको फुटवल संचालन गर्नका लागी तत्कालिन फिफा उपाध्यक्ष मोहम्मद विन हमामसग गोप्य रुपमा अर्को ६ लाख डलर लिएको खुलासा भएको छ ।  सन्डे टाइम्स पत्रिकाले गरेको खुलासा अनुसार सो रकम फिफामा लविङ गर्ने योजना अनुरुप नै दिइएको हो । यस अघि एन्फा अध्यक्ष थापाले भने नेपालको फुटवल खेलको विकासका लागी हमामले दुई लाख डलर मात्रै दिएको दावी गर्दै आएका थिए । सन्डे पत्रिकाका अनुसार एन्फा अध्यक्ष थापाले ६ लाख रुपैया गोप्य रुपमा आफुले राखेको देखिएको छ । यो जानकारी अनुसार अध्यक्ष थापाले विन हमामलाई पनि ठगी गरेको देखिएको छ । विन हमामले नेपाली फुटवलका लागी भनेर ८ लाख डलर पठाएको भएपनि नेपाली फुटवल खेल अधिकारीले २ लाख डलरको मात्रै हिसाव किताव पाएका छन् । यस अघि पनि उनले १ लाख १५ हजार पाउण्ड  लिएको खुलासा सोही पत्रिकाले गरेको थियो । त्यती मात्र होइन दुई बर्ष पहिले पनि एन्फा अध्यक्ष थापाका छोरा गौरवको खातामा पनि एक लाख डलर तिनै हमामले गोप्य रुपमा राखिदिएका थिए । सो विषयलाई त अध्यक्ष थापाले स्वीकार पनि गरेका थिए । उनले सो रकम ब्यक्तिगत प्रयोजनका लागी लिएको दावी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *