गल्फ गोकर्णमा

आठौं राष्ट्रिय अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । इन्डिभिज्योलतर्फ टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन। उनले सानदार सुरुवात गर्ने क्रममा ५ अन्डर ६७ अंक जोडी दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारेका हुन्।टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र बयाक नाइन २ अन्डर ३४ मा पुरा गरे।शुक्र २ अन्डर ७० को नतिजामा दोस्रो स्थानमा रहेकाछन।युवा खेलाडी सुबाष तामाङ र अजित बिके १ ओभर ७३ अंककासाथ संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।महिलातर्फ १६ ओभर ८८ अंककाससथ प्रतिभा राई शीर्षस्थानमा रहदा कशमिरा शाहलाई ५ स्ट्रोकलेपछि पारिन । टिम ईभेन्टसमा प्रदेश एक १४४ अंक सहित पहिलो स्थानमा र सेना १५० अंककासाथ दोस्रोस्थानमा रहेका छन।तीन दिनदम्म चल्ने प्रतियोगितामा ३४ पुरूष र ६ महिलागरी कुल ४८ खेलाडीको सहभागिता रहेको छ । दुई महिला खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *