गोल लाइन टेक्नोलोजीको प्रयोग

रियो, २ असार

फ्रान्स र होन्डुरस विचको खेलबाट विश्व फुटवलमा नया प्रयोग शुरु भएको छ । विगत केही बर्ष देखी चर्चा भएको गोल लाइन टेक्नोलोजीलाई यो खेल मार्फत फिफाले औपचारिक शुरुवात गरेको छ । खेलको ४८ औं मिनेटमा भएको गोललाई सोही प्रविधि मार्फत रेफ्रिले गोल दिएका थिए ।
होन्डुरसले सो गोल नभएको दावी गरिरहेको थियो । भिडियो रि प्ले मार्फत सो गोल भएको देखिएपछि गोल दिइएको फिफाले जनाएको छ । फिफाले गोल लाइन टेक्नोलोजीलाई कसरी अगाडी बढाउन भन्ने विषयमा थप अध्ययन गर्ने पनि भएको छ । पहिलो पटक शुरु गरिएको टेक्नोलोजीका कारण होन्डुरसका मात्र होइन फ्रान्सका खेलाडीहरु समेत पनि अलमलमा परेका थिए ।
फिफाले जारी गरेको विज्ञप्ती अनुसार भिडियो रि प्लेलाई थप प्रभावकारी बनाउनका लागी प्रशारण उत्पादक समुह र गोल लाइन टेक्नोलोजीको टिम सग आगामी दिनमा समन्वय गरिने छ । त्यसमा थप सुधार आवश्यक भए सुझाव समेत दिन फिफाले शुभचिन्तकहरुसग आब्हान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *