ग्रिनफिल्ड बीएनएको जित

ग्रिनफिल्ड र बीएनएले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।ग्रिनफिल्डले फ्लोरोसेन्टलाई ३५–३० ले पराजित ग¥यो भने बीएनएले ग्रिनल्यान्डलाई ३१–३० को झीनो अन्तरले हरायो ।

त्यस्तै आयोजक एन्जल्स हर्टले दोहोरो जित निकाल्यो । एन्जल्स हर्ट ‘ए’ ले कान्तिपुर इङलिस एकेडेमीलाई ३०–२० तथा एन्जल्स हर्ट ‘बी’ ले काठमाडौं भ्यालीलाई २३–२० ले पाखा लगायो । अन्य प्रतिस्पर्धामा नेपाल मोडेलले नवजीवनलाई १८–१४, भ्याली पब्लिकले सेबलाई ३०–२४, नवोदितले हर्ट ल्यान्डलाई २४–२० र गोल्डेनपिकले ईबीएलाई २४–१२ ले पन्छायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *