घरमा बुवा विरामी, छोरा एसियाडमा स्वर्ण जित्दै

जाकार्ता, एजेन्सी
दिमागमा तनाव लिएर खेलमा जित्न सकिन्न भनिन्छ । तर दिमागमा आफनो बाबुको विरामी हालत राखेर पनि भारतका एक खेलाडीले जारी एशियाली खेलकुदमा स्वर्ण पदक मात्र जितेनन् नया एशियाली रेकर्ड पनि बनाए । भारतको पंजावका तेजिन्दर पाल सिंहले एथलेटिक्स अन्र्तगत सटपुटमा नया एशियाली रेकर्ड सहित स्वर्ण पदक जिते । यो जित सँगै भारतको स्वर्ण पदक संँख्या ७ पुगेको छ । तेजिन्दरबा बुवा क्यान्सर रोगबाट पीडित छन् । उनको अवस्था त्यती राम्रो छैन तर पनि तेजिन्दरले खेलमा ध्यान केन्द्रित गरे र नया इतिहास रच्न सफल भए । यो जित पछि भारत सटपुटमा पनि अन्तराष्ट्रिय जगतमा निकै बलियो भएको पुष्टि भएको छ । यो जित पछि तेजिन्दरले प्रतिक्रिया दिने क्रममा पनि आफना बुबाको अवस्थाका बारेमा बताएका थिए । उनले आफनो प्रेरणाको श्रोत नै बुवा भएको बताउदै स्वर्ण पदक बुवाका लागी उपहार हुने विश्वास ब्यक्त गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *