घरेलु टोली रसिया स्तब्ध, क्रोएशिया सेमिफाइनलमा

मस्को, एजेन्सी
विश्व कप फुटवल अन्तर्गत शनिवार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक रसियालाई पराजित गर्दै क्रोएशियाले सेमिफाइनलमा स्थान तय गरेको छ । क्रोएशिया र रसिया विचको खेल बरावरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी मार्फत गर्नु परेको थियो । क्रोएशिया सेमिफाइनलमा पुग्न सफल भएको यो दोस्रो पटक हो । विश्व कपकै इतिहासमा क्रोएशिया सेमिफाइनल भन्दा अगाडी पुगेको छैन ।निर्धारित समय र थप गरिएको अतिरिक्त समयमा पनि दुवै टिमले दुई दुई गोल गरेपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको थियो । यो खेलको समाप्ति सँगै विश्वकप फुटवलमा सेमिफाइनलमा स्थान बनाउने चार टोलीको टुङगो लागेको छ । इङल्याण्ड, फ्रान्स, बेल्जियम र क्रोएशियाले स्तरीय खेल देखाउदै सेमिफाइनलको यात्रा तय गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *