चीनको खेलकुद विकास नीति

-(दिवाकर लाल अमात्य)

सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भैसकेपछि देशमा रहेका सर्वश्रेष्ठ खेलाडीहरुको निम्ति सन् १९५२ देखि १९५७ सम्मको लागि सर्वश्रेष्ठ खेलाडी विकास पद्धति लागु गरेको थियो । चीनको कम्यूनिष्ट पार्टीको केन्द्रीय तहले “समस्त जनताको निम्ति शारीरिक क्रियाकलापको संस्कारको र खेलकुदको माध्यमद्धारा जनतालाई बलियो बनाउने” निर्देशिका जारी गरेको थियो । सन् १९५२ मा चीनको सरकारले राज्य स्तरीय शारीरिक शिक्षा र खेलकुद कमिसन स्थापना गरेको थियो । जुन पछि गएर खेलकुद मन्त्रालय परिणत भयो । खेलकुद मन्त्रालयले देशमा रहेका उच्च स्तरका  खेलाडीहरुको निम्ति प्रतिस्पर्धात्मक खेलकुद प्रतियोगिताको पद्धतिको बिकास गरेको थियो । यस अतिरिक्त युवाहरुको निम्ति छुट्टै नीति अख्तियार गरेको थियो जसलाई “युवाहरुको फुर्सदको समय खेलकुद बिद्यालय” को व्यवस्था गरेको थियो ।
१. खेलकुदमाक्षेत्रमा अगाडी महान छलाङ्ग लिने नीति (१९५७–१९६१)
चीनका उत्कृष्ट खेलाडीहरुको विकासको निम्ति महान अगाडी छलाङ्ग न्चभबत ीभबउ ँयचधबचम को समयमा अझ अगाडी लैजाने नीति लिएको थियो । चीन सरकारको महान छलाङ्ग ( न्चभबत ीभबउ ँयचधबचमं) नीति खास गरी देशको आर्थिक बिकासलाई द्रुत गतिमा लिएर जाने, जस अन्तर्गत इङल्याण्डको र अमेरीकाको अर्थतन्त्रलाई क्रमशः सात र पन्ध्र बर्षमा उछिन्नु रहेको थियो । यसै लक्ष्य अनुसार खेलकुद मंत्रालयले खेलकुदका प्रमुख शक्ति राष्ट्रहरुको हाराहारीमा दश बर्ष सम्ममा पु¥याउने लक्ष्य अनुसार १० वटा खेलहरुमा सन् १९६७ सम्ममा १५,००० पूर्णकालिन व्यवसायिक उच्च स्तरका खेलाडी तयार गर्ने लक्ष्य लिएको थियो । यस्तो महत्वकांक्षी लक्ष्य पूर्ति गर्नको निम्ति त्यसवेलाको रुसको खेलकुद प्रणालिलाई पछ्याएको र १६,००० हजार खेलकुद स्कुल मार्फत सात लाख सत्तरी हजार युवा खेलाडी तयार पारेको थियो । यसै बर्षहरुमा चीन सरकारले आम जनतालाई सक्रिय बनाउन मास खेलकुद ९ःबकक क्उयचतक० को नीति अख्तियार गरेको र प्रत्येक जनताले शारीरिक तन्दुरुस्ती परीक्षा पास गर्नै पर्ने नीति लिएको थियो ।
२. सर्वश्रेष्ठ खेलकुदमा ध्यान केन्द्रित (सन् १९६०–१९६६)
चीन सरकारको अगाडी महान छलाङ लगाउने नीतिले अपेक्ष्याकृत नतिजा नआए पनि खेलकुद मन्त्रालयले सर्वश्रेष्ठ खेलाडीलाई बिकास गर्ने नीतिलाई भने निरन्तरता दिने निर्णय गरेको थियो । देशमा प्राप्त सिमित साधान स्रोतलाई खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावकारी सहभागिताको निम्ति प्रभावकारी प्रशिक्षणमा ध्यान केन्द्रीत गरेको थियो । सन् १९६३ मा ४३ वटा खेलमा सर्वश्रेष्ठ खेलाडी बिकास गर्ने पहिलेको नीतिलाई १० वटा खेलमा सिमित गरेको थियो ।
३. साँस्कृतिक क्रान्ति (१९६६–१९७९)
चीनको धेरै जसो संयन्त्र, कार्यक्रम र अन्य नीतिहरुलाई पूँजीवादी र संशोधनबादी   (कालो) हरुको नियन्त्रणमा सन् १९४९ देखि नै थियो भन्ने चेरम्यान माओ जेडोङ्गको थियो । त्यसबेलाको राजनीति, शिक्षा, संस्कृति, साहित्य, संचार, नाटक, फिल्म र बिशेष गरी खेलकुदमा यिनीहरुको हैकम चलेको थियो । सन् १९७१ देखि चीनको खेलकुद नीति “पहिले मित्रता, पछि प्रतियोगिता” मा परीनत भएको थियो । त्यसलाई अर्को शब्दमा पिङ्ग पोङ्ग डिप्लोम्यासी वा कुटनीति पनि भनिन्छ । यसै बर्ष चीनले अमेरीका र अन्य पाँच यूरोपियन देशका टेबुल टेनिस खेलाडीहरुलाई आमन्त्रण गरेको थियो । त्यसपछि सन् १९७४ को अन्त्य सम्ममा चीनको सर्वश्रेष्ठ खेलाडीहरुको प्रशिक्षण गर्ने नीतिलाई फेरी चलाउन थाले । सन् १९७१ देखि १९७६ सम्ममा चीनले ७४ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाए र दर्जनौं अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना गरे । त्यसपछि १४३९ वटा खेलकुद बिद्यालयहरु पुनः स्थापना गरियो ।
४. माओ परान्तको ओलम्पिक रणनीति (सन् १९७८ –२०००)
डेङ्ग जियाओपिङ्गको नेतृत्वमा सन् १९८० को दशक शुरु संगै चीनको आर्थिक बिकासले गतिलिएको मानिन्छ । आर्थिक बिकास संग संगै सन् १९७९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्यता प्राप्त गरे । चीनको सर्वश्रेष्ठ खेलाडी निर्माण गर्ने नीतिलाई देशको प्रतिष्ठा संग जोडने र २० औं सताब्दीको अन्तमा चीनलाई खेलकुदको सुपर पावर वनाउने लक्ष्य राखेको थियो ।

Chinese women’s and men’s contributions to China’s results in the Summer Olympics 1984-2008

 

Year City Gold Silver Bronze Total Total by Women Men

(G)

Women

(G)

1984 Los Angeles 15 8 9 22 10 8 7
1988 Seoul 5 11 12 28 15 2 3
1992 Barcelona 16 22 16 54 34 5 11
1996 Atlanta 16 22 12 50 28 7 9
2000 Sydney 28 16 15 59 35 11* 16*
2004 Athens 32 17 14 63 39 12* 19*
2008 Beijing 51 21 28 100 57 24 27

 

 

चीनको केन्द्रीकृत व्यवस्थापन र प्रशासनिक खेलकुद संरचना
चीनको खेलकुद प्रशासन देशको विशाल सामाजिक संरचना अनुसार समाजको तल्लो तह देखि माथिल्लो तहसम्म प्रशासनिक शक्ति जाने र कार्यान्वयन हुने गरी निर्माण गरिएको पाइन्छ । चीनको केन्द्रीय खेलकुद व्यवस्थापन र प्रशासनिक निकाय हुन्छ । त्यसपछि प्रान्तीय शारीरिक शिक्षा र खेलकुद आयोग राष्ट्रिय नीति बनाउने र कार्यक्रमहरु कार्यन्वयन गर्ने गर्दछ । सन् १९९५ मा पहिलो पल्ट खेलकुद कानून पारीत गरी लागु गरेको पाईन्छ । चीनले बिश्व खेलकुदमा सफलता पाउनुको प्रमुख कारण उनीहरुले बिद्यालय स्तरमा सानै उमेर देखि उचित खेलकुद प्रशिक्षण गर्ने गराउने हुनाले हो भन्दा अतियुक्ति हुदैन । एउटा आंकडा अनुसार सन् २००४ सम्ममा देश भर ८०,६१७ जना आवासायिक खेलाडीहरु उत्पाद गरेको तथ्याङ्क पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *