चेक रिपब्लिकको सानदार क्वार्टरफाइनल यात्रा

एजेन्सी,१३ असार
प्रतियोगिताकै बलियो दावेदार मानिएको नेदरल्याण्डस युरो कप फुटवलको अन्तिम १६ बाटै बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत आइतवार राती सम्पन्न खेलमा चेक रिपब्लिकले नेदरल्याण्डस माथी दुई शुन्य गोल अन्तरको जीत दर्ता गरायो । खेल अवधिभर नेदरल्याण्डसले खासै राम्रा प्रहार गर्न सकेन । खेल अवधिमा नेदरल्याण्डसका एक जना खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि उनीहरुको टिम १० जनामा सीमित भएको थियो । नेदरल्याण्डसको आजको खेलमा तालमेलको अभाव ब्यापक देखिन्थ्यो । चेक रिपब्लिक सँगै इटली र डेनमार्क पनि युरो कप फुटवलको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *