च्यासलको दोस्रो जित

खेलपेपर, काठमाडौं।
१९ मङ्सिर २०७५

पहिलो हाफमा पछाडी परेको अवस्थाबाट दोस्रो हाफमा पुनरागमन गर्दै भ्याली च्यासल युवा क्लबले हिमालयन शेर्पा क्लबलई २-१ ले परााजित गरेकाे छ । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासलको जितमा म्यान अफ द म्याच सन्तोष साहुखलले उत्कृष्ट प्रदर्शन गरे ।
च्यासलले लगातार आक्रमण बुनेपनि काउन्टर अट्याकमा १५ अाैं मिनेटमा हिमालयन शेर्पाले अग्रता लियो । त्रिदेव गुरुङकाे गाेलमा शेर्पा अगाडी बढेको थियो । च्यासलका खेलाडीले अफसाइड भनेर छाेडेकाे बलमा फरवार्ड कर्ण लिम्बूको प्रहार पोस्टमा लागेर फर्किएपछि त्रिदेवले रिबाउन्डमा गाेल गरेका थिए  ।

दोस्रो हाफमा च्यासलले फिनिसिङमा सुधार गर्दै उत्कृष्ट पुनरागमन गर्यो । ५६अाैं मिनेटमा एकल प्रयासमा सन्ताेस साहुखलले गोल गरे। खेलको ७३ अाैं मिनेटमा च्यासलले अग्रता बनायो । वैकल्पिक खेलाडी सुनिल खड्काकाे प्रहार निरज बस्नेतलाई लाग्दै गोलमा परिणत भएपछि च्यासलले अग्रता लिएको थियो ।

यस जितसँगै च्यासलले ६ खेलमा २ जित, १ बराबर र ३ हारसहित ७ अंक जोडेको छ । अंक तालिकामा च्यासल सातौं स्थानमा छ । शेर्पा भने ६ खेलमा ३ जित, १ बराबर र २ हारसँगै १० अंक जोड्दै छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *