छैटौँ चरणका खेल मङ्गलबारदेखि

खेलपेपर, काठमाडौं ।

लिगअन्तर्गत मङ्गलबारदेखि छैटौँ चरणका खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । छैटौँ चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मङ्सिर २२ गतेदेखि सातौँ चरणका खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथो हुनेले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौंले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *