छैटौं सगरमाथा अन्तराष्ट्रीय कराते पौष देखि

काठमाडौं : नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २१ औं बार्षिकोत्सवको अवशरमा छैटौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही पौषको २७ देखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानका करिव दुई हजार पाँचसय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिशियलहरु  सहभागिता रहनेछ । पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २०,२३,२५,२७,३०,३३,३५,४० र पुरुष कै सिनियर तर्फ (४५,(५०,(५५,(६०,(६७ (७५,(८४ ं८४ किलोका साथै एकल काता र टिम काता गरी १८ ईभेन्टस् र महिला तर्फ जुनियर तथा क्याडेट २०,२३,२५,२७,३०,३३,३५,४० र महिला कै सिनियर तर्फ (४५,(५०,(५५(६१ ,६७,ं६८ किलो तौल समुहमा तथा एकल काता र टिम काता सहित १७ ईभेन्टस् गरी कुल ३७ स्वर्ण पदकका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी ईश्वरु ले जानकारी गराए ।

यस शाखा डोजो नक्सालले यस अघि आफ्नो २० बर्षे यात्रा पुरा गर्दै २० वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेका छन भने गत बर्ष सन्चालन भएको पाँचौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालको तर्फबाट आयोजक टिम नक्साल डोजो ६ स्वर्ण ७ रजत र ५ कास्य पदक सहित टिम प्रथम भएको थियो ।शाखा डोजो नक्सालद्धारा प्रत्येक बर्ष निरन्तर सन्चालन भईरहने यस बर्षको यो प्रतियोगिता समग्रमा नक्सालको २१ औं कार्यक्रम हो । दुई दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिताका खेलहरु नक्साल नारायणचौर स्थित स्टार भेन्युमा  संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *