जमेश र सिल्भियालाई स्वर्ण

ह्वाइटफिल्डका जमेश खत्री र युसीपीएसकी सिल्भिया कार्कीले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको जुनियर यु–१४ सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् ।ब्वाइज फाइनलमा जमेशले प्रिमियरका सगुन श्रेष्ठलाई ११–५, ७–११, ९–११, ११–३ र ११–६ को सेटमा पराजित गरे । एन्जल्स हार्टका युवराज खत्री तथा हेराल्डका दिवस नकर्मी संयुक्त रुपमा तेश्रो भए ।

गल्र्सको उपाधि भिडन्तमा सिल्भियाले फ्युचर स्टारकी सुजिता श्रेष्ठलाई १४–१२, ११–६ र ११–८ को सेटमा हराइन् । आईएमएसकी ओजश्वी पौडेल तथा बीडिएसकी सुप्रिता महर्जन तेश्रो भए । प्रतियोगिताअन्तर्गत खुलातर्फको सिंगल्स खेलहरु मंगलबारदेखि सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published.