जर्मनी, मेक्सिको र स्वीडेनको परिक्षा आज

मस्को, एजेन्सी
विश्व कप फुटवल अन्र्तगत आज राती समुह ई र समुह एफ अन्र्तगतका टिमहरु विच खेल हुनेछ । समुह एफ मा रहेको जर्मनी, मेक्सिको र स्वीडेनका लागी पनि आजको खेल महत्वपुर्ण छ । राती ७ः४५ मा हुने खेलमा जर्मनीले कोरियाको सामना गर्नेछ । उता सोही समयमा हुने अर्को खेलमा मेक्सिकोले स्वीडेनको सामना गर्नेछ । जर्मनीका लागी पनि अघिल्लो चरणको यात्रा तय गर्न आजको खेलमा जीत आवश्यक छ ।  मेक्सिकोको दुई खेलमा ६ अंक छ । जर्मनी र स्वीडेन दुवैको तीन अंक मात्रै छ । मेक्सिकोलाई आजको खेलमा जीत वा वरावरी आवश्यक छ । स्वीडेन र जर्मनी दुवैलाई जीत नै आवश्यक छ । आजै राती ११ः४५ मा हुने अर्को खेलमा सर्वियाले ब्राजिलको सामना गर्नेछ । सोही समयमा स्वीजरल्याण्डले कोष्टारिकाको सामना गर्नेछ । ब्राजिल र स्वीजरल्याण्ड दुवैको चार अंक छ । सर्वियाको तीन अंक छ । कोष्टारिकाका लागी आजको खेल औपचारिकता मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *