जापान माथी कोलम्वियाको जीत

रियो, १० असार
अघिल्ला दुई खेल पनि जितेर जारी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरिरहेको कोलम्वियाले बाकी एक खेलमा पनि जीत दर्ता गराएको छ । मंगलवार राती भएको खेलमा कोलम्वियाले जापान माथी ४–१ गोल अन्तरको सानदार जीत दर्ता गरायो । खेलको १७ औं मिनेटमा क्वाडराडोले पेनाल्टी मार्फत कोलम्वियाका लागी पहिलो गोल गरेका थिए । खेलको ४५ औं मिनेटमा ओकाजाकीले गोल गर्दै खेललाई एक एकको बरावरीमा ल्याएका थिए । तर दोस्रो हाफ शुरु भए लगत्तै कोलम्वियाले जापालाई दवावमा राख्दै एक पछि अर्को गोल गर्‍यो । ज्याक्सनले ५५ औं मिनेटमा कोलम्वियाका लागी दोस्रो गोल गरे । ८२ औं मिनेटमा उनले नै अर्को गोल थपे । खेल सकिनै लाग्दा जेम्सले थप एक गोल गरेपछि कोलम्विया सानदार जीतको हकदार बन्यो । यो जीत सगै कोलम्विया ९ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ । जापान प्रतियोगिताबाट बाहिरिएको छ । कोलम्वियाले ग्रीस र आइभोरी कोष्टलाई पनि पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *