जावलाखेल र फ्रेन्ड्सले अङ्क बाँडे

खेलपेपर, काठमाडौं ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले अङ्क बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो खेलमा दुवै टोलीले तीन÷तीन गोलको बराबरी खेलेका हुन् । निकै प्रतिष्पर्धात्मक देखिएको खेलमा जावलाखेलका लागि अरुज सिंह, फाडो फोफाना र सुमन डँगोलले एक एक गोल गरे । फ्रेन्ड्सका लागि विकास लामा, फोफाना ब्राहिमान र धिरज श्रेष्ठले एक एक गोल गरे ।

खेलमा शुरुआती अग्रता खेलको २६ औं मिनेटमा विकासको गोलमार्फत फ्रेन्ड्सले १–० को अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका अरुजले गोल गर्दै जावलाखेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो खेलमा एक÷एक गोलको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा थप दुई दुई गोल गरे ।

खेलको ४७ आँै मिनेटमा विदेशी खेलाडी फोफानाले गोल गर्दै जावलाखेललाई २–१ को अग्रता दिलाए । खेलको ५२ औँ मिनेटमा सुमन डँगोलले गोल गर्दै जावलाखेललाई ३–१ स्थितिमा ल्याए । तर फ्रेन्ड्स खेलको ६८ औँ मिनेटमा ब्राहिमानले गोल गर्दै खेल ३–२ मा ल्याए । त्यसपछि खेलको ८२ औँ मिनेटमा फ्रेन्ड्सका धिरजले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।

दुवै टोली लिगको पुछारका टोली हुन् । यअसघि खेलको सबै खेलमा पराजित दुवै टोलीले आजको बराबरीसँगै अङ्क तालिकामा एक÷एक अङ्क बनाएका छन् । जावलाखेल लिगको १३आँै र फ्रेण्ड्स १४औँ स्थानमा छ । यसैबीच आज चौथो चरणका खेलहरू सकिएका छन् । पाँचौ चरणका खेल यही मङ्सिर १४ गतेदेखि हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *