जीएचसीए क्रिकेट टोली युएई प्रस्थान

काठमाडौं  :वाईटीसीए आमन्त्रण कप क्रिकेट प्रतियोगितामा सहभागी हुन वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको टोली सोमबार युएइको अज्मान प्रस्थान गरेको छ । १३ खेलाडीसहित १६ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।खेलाडीहरुमा डिकेन्द्र शाह, अमित ढकाल, पियुशकुमार झा, विकेश श्रेष्ठ, अनुरोध पन्त, सन्देश पंगेनी, रोशन दवाडी, प्रतीक ढुंगाना, आदित्य कपुरी, विराज शर्मा, राजु भुसाल, सचिन घिमिरे र अनुभव कार्की रहेका छन् ।

प्रशिक्षकमा एकेडेमीका अध्यक्ष सुदिप शर्मा, व्यवस्थापकमा सुमनराज कार्की र सहायक व्यवस्थापकमा नरेश केसी छन् । अगष्ट २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली टोलीले युएइको यङ ट्यालेन्ट्स क्रिकेट एकेडेमी, एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टिोरियो क्रिकेट एकेडेमी र किङ्स क्रिकेट एकेडेमीसंग खेल्नेछ । १७ वर्षमुनिका खेलाडीहरु सहभागी हुने प्रतियोगिता ३० ओभरको हुने छ ।

Leave a Reply

Your email address will not be published.