जेभियर र गोल्डेनगेट फाइनलमा

काठमाडौं : जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।जेभियरले ह्वाइटहाउसलाई ५०–४९ को झीनो अन्तरले पराजित ग¥यो । जेभियरको जितमा शिशिर कुँवरले २४ अंक योगदान गरे ।

सुशिल घलेको १८ अंक सहयोगमा गोल्डेनगेटले न्यु जेनिथलाई ४४–३८ ले हरायो ।स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतन र नेरिक एकेडेमी उपाधिका लागि भिड्ने भएका छन् । ज्ञान निकेतनले इनोभेटिभलाई ७१–५१ ले पाखा लगायो । ज्ञान निकेतनकान विवेक यादवले २० स्कोर गरे । नेरिकले पुष्पसदनको चुनौती ४१–३९ ले पन्छायो । नेरिकका जीवन शाहीले १७ अंक जोडे । फाइनल बुधबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *