जोकोविचले जिते कतार ओपन टेनिस

दोहा, एजेन्सी । शीर्ष वरियताका नोभाक जोकोविचले यो सिजनको पहिलो उपाधि जितेका छन् । सर्वियाली जोकोविचले यो बर्षको पहिलो उपाधि जित्ने क्रममा स्पेनी राफाल नाडाललाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाएका थिए । नाडाल र जोकोविच विच भएका दश खेल मध्ये नौ खेलमा जोकोविच विजयी भएका छन् । जोकोविचले दुवै सेट सामान्य मिहिनेतमा आफनो पक्षमा पारेका थिए । १४ वटा ग्राण्ड स्लाम उपाधि जितेका नाडाल सो खेलमा भने कमजोर सावित भएका थिए । उपाधि जितेपछि जोकोविचले भने ‘ विशेष गरी नाडाल विरुद्धको खेलमा मलाई अझ बढी सन्तुष्टि र आत्मविश्वास बढ्छ ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *