जोन्टी रोड्स, क्रीकेट प्रशिक्षक, साउथ अफ्रिका

काठमाडौं, खेलपेपर |

विश्वकै सर्बश्रेष्ठ फिल्डर भनेर प्रख्यात ४९ बर्षिये साउथ अफ्रिकाका जोन्टी रोड्स अहिले नेपालमा एक एकेडेमीका युबा क्रीकेटरहरुलाई प्रशिक्षण गरिरहेका छन | नेपाल क्रीकेट स्कुल र स्पोर्टस एदद्ले मिलेर राइज अफ क्रीकेटइङ स्टार विथ जोन्टी राेड्स नेपालमा सफल बनएका हुन |
गत कार्तिक २८ देखी सुरु भएको यो क्याम्प मङ्सिर ७ गते सम्म हुने छ |

जोन्टी रोड्सले आफ्नो कार्यकलिनमा निकै राम्रो प्रदर्शनका साथ् साउथ अफ्रिकाको उत्कृष्ट खेलाडीहरुको माझ् आफुलाई एउटा प्रख्यात राईट ह्यन्डेड ब्याट्स्मानका साथै एउटा सर्बश्रेष्ठ फिल्डर बन्न सफल भएका थिए | उन्ले आफ्नो राष्ट्रिय टोलिको टेस्ट क्रीकेटबाट सन् २००० मा सन्यास लिएका थिए र वन डे क्रीकेटबाट भने २००३ को विश्व कपमा घाइते भये पछी सन्यास लिएका थिए |

रोड्सले आफ्नो सन्यास पस्चात केन्याको राष्ट्रिय टोलिमा फिल्डिङ प्रशिक्षकका रुपमा २०११ को विश्व कपमा सहयोग गरेका थिए | सन् २००९ देखी रोड्स ईन्डियाको आइ.पि.एल को मुम्बई ईण्डियन्समा पनि फिल्डिङ प्रशिक्षकका रुपमा आबद्द थिए | ९ बर्ष सम्म आबद्द भई जोन्टीले २०१७ मा क्रीकेटइङ फिल्ड छोड्ने बिचार गरेर मुम्बई ईण्डियन्स छाडेका थिए | १ बर्ष पछी नेपालमा अहिले १० दिनको क्याम्पमा जोन्टी नेपाली यू-१६, यू-१७ र यू-१९ का खेलाडीहरुलाई प्रशिक्षण गरिरहेका छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *