ज्ञान कार्निभल बिहीबारदेखि

काठमाडौं : ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । कार्निभलमा बास्केटबल, फुटबल र नेटबलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

छात्र फुटबलमा १२, बास्केटबलको छात्रमा १२ र छात्रामा १० तथा नेटबलमा ८ टिमको सहभागिता रहने छ । प्लस टु बास्केटबलको छात्रमा ९ तथा छात्रामा ८ टिमले भाग लिने छन् । नेटबल पहिलो पटक समावेश गरिएको हो । खेलहरु बुङमतीको खोकनास्थित आयोजककै हातामा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *