ज्ञान निकेतनको जित

काठमाडौं : ज्ञान निकेतनले दोश्रो हिमालय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजमा बिहीबार जित हात पारेको छ ।ज्ञान निकेतनले साइपाल एकेडेमीलाई ३८–३५ ले पराजित ग¥यो । ज्ञान निकेतनका मनीष तामाङले १६ अंक जोडे ।प्लस टु ब्वाइजमै न्यु जेनिथले युनिक एकेडेमीलाई ३४–११ तथा एसले कान्जिरोवालाई ४७–३८ ले हराए ।

प्लस टु गल्र्समा न्यु भिजनले एसलाई ४६–१८ ले पाखा लगायो । जुनियर गल्र्समा न्यु भिजनले केओपीइएसएसलाई १२–२ तथा रातो बंगलाले गौरीशंकरलाई २८–१० ले पन्छायो ।
स्कुलतर्फ सिनियर ब्वाइजमा जेनिअमले जनप्रेमीलाई २६–१६ तथा जुनियर ब्वाइजमा न्यु भिजनले केओपीइएसएसलाई २२–६ ले पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *