ज्लाट्को डालिक

क्रोएशियालाई ऐतिहासिक विश्व कप यात्रा गराउन सफल प्रशिक्षक डालिकलाई यो साताको प्रशिक्षकका रुपमा हामीले चयन गरेका छौ । पूर्व डिफेन्स खेलाडीका रुपमा पहिचान बनाएका डालिकले क्रोएशियाको यू–२१ टिममा सहायक प्रशिक्षकका रुपमा पनि काम गरेका थिए । डालिकले साउदी अरेविया र यु ए ई मा पनि प्रशिक्षकको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । उनले सन् २०१७ को अक्टोबरबाट क्रोएशियाको राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेका थिए । उनकै नेतृत्वमा क्रोएशियाले प्ले अफ गेममा ग्रीसलाई पराजित गर्दै यो विश्व कपमा आफनो स्थान सुरक्षित गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *