खेलपेपर, काठमाडौं।
२५ माघ २०७५
शहीद स्मारक “बि” डिभिजन लिगको शुक्रबार भएको पहिलो चरणको खेलको पहिलो खेलमा झम्सिखेल र दोस्रो खेलमा टुशाल बिजयी भएको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा चल्ने शहीद स्मारक “बि” डिभिजन लिगको उद्घाटन ललितपुर महानगरपलिकाको मेयर चिर बाबु महर्जनले गरेका छन। एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा झम्सिखेलले बोइज युनिओनलाई १-० गोलको अन्तरले हरएका छन। झम्सिखेल युथ क्लबकालागी एक मात्र गोल अलिश लुङेलीले ३९औ मिनटमा दिलाएका हुन।
एस्तै दोस्रो खेलमा टुसाल युथ क्लबले श्री भागवती क्लबलाई १-० कै गोलअन्तारले हरएका हुन। अलोन राइको २२औ मिनटमा भएको गोलनै टुसाल युथकोलाई निर्णयक गोल रहयो।