टंकलाई एनपिजिए टुरको उपाधि

काठमाण्डौ, खेलपेपर ।
एमेच्योर टंक बहादुर कार्कीले सुर्य नेपाल एन पि जि ए टुर च्याम्पियनसीपको उपाधि जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०१८–१९ अन्र्तगको आठौ इभेन्ट कार्कीले आफनो पोल्टामा पारे । गोकर्ण फरेष्ट गल्फ रिर्सोटमा भएको ७२ पारको खेलमा टंकले वान अण्डर ७१ पार खेलेका थिए । समग्रमा २ सय ८४ स्कोर गर्दै संजय लामालाई तीन सटले पराजित गरेका हुन् । संजयले चार अण्डर ६८ पार खेलेका थिए । ब्यवसायिक गल्फर संजयले पहिलो पुरस्कार प्राप्त गरे । उनले नगद १ लाख २० हजार प्राप्त गरे । एमेच्योर खेलाडी भएका कारण टंकले नगद पुरस्कार प्राप्त गर्न नसकेका हुन् । भुवन नगरकोटी र दिनेश प्रजापतिले दोस्रो स्थान बाँडेका थिए । दुवैले थ्री अण्डर २ सय ९१ स्कोर गरेका थिए । प्रतियोगितामा ३४ प्रोफेसनल गल्फर सहित ४२ खेलाडी प्रतियोगितामा सहभागी थिए । प्रतियोगिता चार दिनसम्म चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *