टाइमलाइन र विनायक क्वाटरफाइनलमा

खेलपेपर, काठमाडौं।
६ फाल्गुन २०७५

टाइमलाइन र विनायक चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

टाइमलाइनले काठमाडौं विनायक शिक्षालयलाई १–० गोलले पराजित ग¥यो । टाइमलाइनका समिर खड्काले निर्णायक गोल गरे । विनायकले ग्रिनविचलाई २–१ गोलले हरायो । विनायकका अनुप कार्की र रोहन लामाले गोल गरे । ग्रिनविचका अनुज घिमिरेले १ गोल फर्काए ।

अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा ग्लोबल र मानाङ्क प्रिक्वाटरफाइनलमा पुगे । ग्लोबलले गेट्वे एकेडेमीलाई २–० गोलले पाखा लगायो । ग्लोबलका सुमित अधिकारी र ऋतिक न्यौपानेले गोल गरे । मानाङ्कले विद्याआर्जनलाई सडन डेथमा पन्छायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *