टिटी छनोट सुरु

खेलपेपर, काठमाडौं।
१४ फाल्गुन २०७५

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को टेबलटेनिस छनोट मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलाई खेल सामाग्री हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा १३ जिल्लाका ४१ पुरुष र २९ महिला खेलाडी सहभागी छन् । दुवैतर्फ सहभागीलाई ८ समूहमा बाँडेर लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ५–५ पुरुष÷महिला खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिताको अवसर पाउने छन् । छनोट शुक्रबारसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *