टीयू च्याम्पियन

काठमाडौं  : त्रिभूवन विश्वविद्यालय (टीयू) चौथो प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । १४ स्वर्ण, ४ रजत र २ कांस्यसाथ टीयू समग्रमा टिम च्याम्पियन बनेको हो ।पोखरा विश्वविद्यालय ४ स्वर्ण, ३ रजत र ६ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको पूर्वाञ्चल विश्वविद्यालयले १ स्वर्ण र १ कांस्य जित्यो ।

पुरुष÷महिला भलिबल दुवैमा टीयूले उपाधिमाथि कब्जा जमायो । पुरुष फाइनलमा टीयूले पोखरालाई २५–१०, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित ग¥यो । महिला फाइनलमा टीयूले पोखरालाई नै २५–७, २५–९ र २५–४ को सीधा सेटमा हरायो ।पुरुष फुटबलमा पोखरा पहिलो भयो । फाइनलमा पोखराले टीयूलाई २–१ गोलले पाखा लगायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *