“टेनिसमा पनि म्याच फिक्सिङ”

विश्व नम्बर एक टेनिस खेलाडी सर्बियाली नोभाक जोकोबीचको एउटा भनाइपछि विश्व खेल जगतमा खैलाबैला मच्चिएको छ । अस्ट्रेलियन अ‍ोपनको पूर्वसन्ध्यामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै जोकोविचले आफूलाई कुनै समयमा खेल हार्नका लागि ११ लाख पाउन्डको प्रस्ताव आएको र त्यसलाई आफूले अस्वीकार गरेको बताएपछि विश्व खेल जगतमा हलचल पैदा भएको छ । उनले टेनिस खेलमा पनि म्याच फिक्सिङ हुन सक्ने बताउँदै शीर्ष खेलाडी म्याच फिक्सिङमा संलग्न भएको भन्ने विषयमा यथेष्ट प्रमाण नभएको दाबी गरे । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि टेनिसमा म्याच फिक्सिङ भएको केही प्रमाण आफूले फेला पारेको दाबी गरेका छन् । ती संस्थाहरूले संकलन गरेको प्रमाणअनुसार पछिल्लो १० वर्षमा कम्तीमा १६ खेलाडीविरुद्ध म्याच फिक्सिङको उजुरी परेको छ । सूत्रहरूलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ग्रान्ड स्लाम टेनिस प्रतियोगितामा पनि म्याच फिक्सिङ भएको हुन सक्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार प्राप्त दस्ताबेजमा सन् २००७ को एक प्रतियोगिता पनि शंकाको घेरामा रहेको छ । सो विषयमा विश्व टेनिस महासंघले पनि छानबिन गरेको थियो । अधिकारीहरूका अनुसार रुस, उत्तरी इटली र सिसलीमा रहेका फिक्सरहरू सो घटनामा संलग्न थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *