ट्राफिक व्यवस्थापन

काठमाडौँ : सागमा काठमाडौँका सडकमा हुने जामलाई व्यवस्थापन गर्न चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन विभिन्न उपाय अपनाइने भएको छ । सागको समयमा ठूला मालवाहक सवारी साधन रिङरोडभित्र प्रवेश नगर्न अनुरोध गरिनेछ । दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा वानवे लागू गरिनेछ ।

उद्घाटन दिन रिङरोडभित्र विजोड र समापनमा जोड नम्बरका सवारी साधन मात्र चलाउन पाउने नियम लागू गरिनेछ । दर्शकका लागि पार्किङ स्थल टुँडिखेलमा तोकिएको छ । सो स्थानमा पार्किङ गर्न काठमाडौँ मल अगाडिको ढोका प्रयोग हुनेछ । रङ्गशाला भित्र भिभिआइपिको पार्किङ हुनेछ ।

Leave a Reply

Your email address will not be published.