ट्रिनिटी र न्यु समिट क्वाटरफाइनलमा

खेलपेपर, काठमाडौं ।

ट्रिनिटी कलेज र न्यु समिट कलेज राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी  रोजवड बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रोजवड स्कुलको खेल मैदानमा बुधबार भएको ब्वाइजतर्फको समूह चरणको खेलमा न्यु समिटले ज्ञान निकेतन कलेजमाथि ६०–४७ को जित निकाल्यो । न्यु समिटको जितमा विशाल मानन्धरले १६ अंकको योगदान दिए । ट्रिनिटीले क्याम्पियन एकेडेमीमाथि ७४–३२ को जित निकाल्यो । यस्तै प्रवेश तामाङको १० अंकको मद्दतमा सिसिआरसीले सेन्ट जेभियर स्कुललाई ५२–३९ ले पराजित ग¥यो । गल्र्सतर्फ मोर्गान कलेजले ट्रिनिटीमाथि ४४–२३ को फराकिलो जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *