डिडियर डेसच्याम्प्स

फ्रान्सलाई दोस्रो पटक विश्व कप फुटवलको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका डिडियर डेसच्याम्पस यो पटक हाम्रो रोजाइको साताको प्रशिक्षक बनेका छन् । शुरुवातका खेलहरु देखी नै फ्रान्सका युवा खेलाडीले रसियाको मैदानमा जादु देखाइरहदा डेसच्याम्पसको भुमिका महत्वपुर्ण रहेको थियो । फ्रान्सेली फुटवलका चर्चित  खेलाडीका रुपमा डेसच्याम्पस रहेका थिए । उनी फ्रान्सेली क्लव मार्सिलेबाट ब्यवसायिक फुटवल पनि खेल्थे । उनको क्लवले फ्रान्सेली लिग दुई पटक जितेको थियो । च्याम्पियन्स लिगमा पनि उनको भुमिकाका कारण सो क्लवको प्र्रर्दशन उत्कृष्ट रहेको थियो । प्रशिक्षणको शुरुवात उनले सन् २००४ मा युरोपेली क्लव मोनाकोबाट शुरु गरेका थिए । सन् २०१२ को युरो कप पछि उनलाई फ्रान्सेली राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । लाउरेन्ट ब्लाङकलाई हटाएर उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । उनले फ्रान्सेली टिमको नेतृत्व सम्हाले देखी नै फ्रान्सको प्रर्दशन उत्कृष्ट रहदै आएको छ । जसका कारण फ्रान्सले सन् २०१८मा आफुलाई विश्व च्याम्पियन बनाउन पनि सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *